FLASH NEWS

घट्यो सुनको मूल्य


नेपाल आवाज ११ फाल्गुन २०७९, बिहीबार १४:०८ मा प्रकाशित १४३५ पाठक संख्या

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजारमा कारोबार भएको थियो ।


बिहिबार तेजाबी सुनको मूल्य १ लाख २ हजारमा कारोबार भइरहेको छ । यस अघि बिहिबार यसको मूल्य १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहिबार चाँदीको पनि १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।