FLASH NEWS

सञ्चालनमा नआउँदै बिग्रियो रारा तालकाे मोटरबाेट


नेपाल आवाज ११ फाल्गुन २०७९, बिहीबार २०:०५ मा प्रकाशित १३०९ पाठक संख्या

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा तालमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न विभिन्न प्रकारका स्रेत साधनहरू जुटाइन्छ, तर त्यसको फलस्वरुप नतिजा भने राम्रो देखिँदैन ।


पर्यटकलाई थप आकर्षक गर्न रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुले मोटरबाेट ल्याएको थियो । गत आर्थिक वर्ष निवर्तमान वार्डेन बद्रि विनोद दाहालको कार्यकालमा ल्याइएको मोटरबाेट करिब आधा बितिसक्दा पनि सञ्चालनमा नआउँदै बिग्रिनुका साथै रारातालको छेउमा थन्किएको छ ।

दाहालको कार्यकालमा सञ्चालनमा ल्याउने भनिएको उक्त मोटर बुट सञ्चालन नआउँदा  रारा राष्ट्रिय निकुञ्ज कार्यालयको एउटा कोठामा थन्किएको थियो । उक्त बुट १८ लाखमा खरिद गरिएको रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुले जनाएको छ ।

विशेष गरेर उक्त मोटर बुट राराताल आकस्मिक घटना घटेमा त्यसको उद्धारको लागि मोटरबाेट ल्याइएको थियो । उक्त मोटरबाेट सञ्चालनमा नआउँदा राजस्वमा न्यून संकलन हुनु, पर्यटकलाई थप आकर्षण नहुने जस्ता विभिन्न पक्षलाई हेरिएको छ ।

गत ७ महिनाअघि पूर्व वार्डेन दाहाल हुँदा मोटरबाेट प्रयोग नगरिनुका साथै स्टोरबाटै झिकिएन । तर, उनकाे सरुवा भएपछि रारा राष्ट्रिय निकुञ्जमा कार्यभार सम्हालेका वर्तमान वार्डेन विश्वबाबु श्रेष्ठलाई मोटरबाेट सञ्चालन, रेस्क्युको लागि डुँगा चालकले अनुरोध गरे ।  मोटरबाेटलाई प्रयोगमा ल्याउन बर्दियाबाट एनटी एनसी मिस्त्री झिकाई स्टोरमा थन्किएकाे मोटरबाेट  हेर्दा भित्रि भाग तर्फ तीनवटा प्वाल परेर फेला परेकाे डुंगा नाईके राजेश रावलले जानकारी दिए ।  उक्त बुट सिल स्काई कम्पनि बाट ल्याईएको हो ।