FLASH NEWS

९७ करोड बराबरको कम धान उत्पादन


नेपाल आवाज ११ फाल्गुन २०७९, बिहीबार २०:११ मा प्रकाशित १३१५ पाठक संख्या

जनकपुरधाम । उत्पादनको दृष्टिकोणले सबैभन्दा बढी उत्पादन हुने धनुषा जिल्लामा अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा ९७ करोड १९ लाख ८९ हजार २ सय मुल्य बराबरको ३२ हजार ७ सय ६० मेट्रिक टन कम धान उत्पादन भएको छ ।


कृषि ज्ञान धनुषाका अनुसार चालु आर्थिक वर्ष साउनदेखि पुससम्मको तथ्यांक हेर्दा  किसानहरुले बर्खे धान ४८ हजार ७ सय ६० हेक्टर क्षेत्रफलमा व्यवसायिक रुपमा धान खेती गरेकोमा १ लाख ४६ हजार २ सय ८० मेट्रिक टन धान उत्पादन गर्न सकेको छ । तर, त्यही किसानहरुले अघिल्लो वर्ष सोहीअवधिमा ५५ हजार ८ सय ६ हेकटर क्षेत्रफल धान खेती गरेकोमा १ लाख ७९ हजार मेट्रीक टन धान उत्पादन भएको थियो । जुन यस वर्ष भन्दा ५७ करोड १९ लाख ८९ हजार २ सय रुपैयाँभन्दा बढी अर्थात ३२ हजार ७ सय ६० मेट्रिक टन बढी धान उत्पादन देखिन्छ ।

गतवर्ष यस वर्ष क्षेत्रफल घटाएर किसानहरु माछापालन शुरु गरेको, समयमा मल खाद्य नपाएको तथा सिँचाईको अभाव भएकोले यस वर्ष धनुषामा कम धान उत्पादन भएको बागवानी विकास अधिकृत प्रदिपकुमार यादवले बताए । जिल्लामा ७ लाख किसानहरु व्यावसायिक रुपमा धान खेती खेती गरी आर्थिक लाभ लिँदै आएको छ । जिल्लाको १८  पालिकामध्ये गणेशमान चारनाथ नगपालिका, मिथला नगरपालिका, बटेश्वरनाथ नगरपालिका र क्षेश्वरनाथ नगरपालिकाबाहेक १४ स्थानीय तहका किसानहरुले व्यावसायिक रुपमा धान गर्दै आएका छन् ।

धान खेती गर्ने किसानहरुलाई सरकारले ५० प्रतिशत अनुदानमा स्यालो, टयूबेललगायतका कृषिऔजारहरु उपल्बध गराउँदै आएको छ । कृषि विभागले धनुषा जिल्लामा डिजिटल सर्वे गर्दा धेरै ठाउँका किसानहरु आफनो जग्गामा माछा पोखरी खनेकाले धान खेती गर्ने क्षेत्रफलमा कमी आएको छ ।

नेपाल सरकारले सोना मन्सुली धानको खेती गर्न लगाए पनि यो धानले उत्पादन बढी दिने र खाना खान स्वादिलो हुने भएकोले सरकारी प्रतिबन्धको उपेक्षा गर्दै किसानहरु अत्यधिक मात्रामा यो धान नै लगाउने गरेका छन् । यहाँका किसानले उत्पादन गरेको धानबाट वर्ष भरि खाना नपुगने भएकाले भारत माथिको परनिर्भरता बढदै गएको छ ।