FLASH NEWS

सहकारी ठगी छानबिन गर्ने संसदीय समितिमा को-को छन् ?


नेपाल आवाज १५ जेष्ठ २०८१, मंगलवार २०:१४ मा प्रकाशित ८४७ पाठक संख्या

काठमाडौँ । सरकारले एमालेका सांसद सुर्य थापाको संयोजकत्वमा सहकारी ठगि सम्बन्धि संसदीय छानबिन समिति गठन गर्ने भएको छ ।७ सदस्यीय समितिमा एमालेबाट थापा र सरिता भुसाल रहने भएका छन् ।  त्यस्तै कांग्रेसबाट सांसदहरु ईश्वरी देवी न्यौपाने, र बद्रीप्रसाद पाण्डे रहने छन् भने माओवादीबाट लेखनाथ दाहाल, रास्वपबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान रहने भएका छन् ।


आजै बस्ने प्रतिनिधिसभाको बैठकले संसदीय समितिको घोषणा गर्ने छ । समितिलाई तीन महिनाको समय दिएर ४ बुँदे कार्यादेश दिइएको छ ।