FLASH NEWS

टयाक्टरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


नेपाल आवाज १२ फाल्गुन २०७९, शुक्रबार १०:४० मा प्रकाशित १३८१ पाठक संख्या

रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका ८ भगतपुरवामा टयाक्टरको पछाडि मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देहीकै गैडहवा गाउँपालिका ६ का राजेन्द्र पाशी रहेका छन् । उपचारको क्रममा भिम अस्पताल भैरहवा पासीको बिहीबार राति सवा १० बजे मृत्यु भएको हो ।  लु ८६ प ४०५ नम्बरको मोटरसाईकल लु ४ त ४४६५ नम्बरको ट्याक्टरको पछाडी राति साढे ९ बजे ठोकिएको थियो । ट्रयाक्टर चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।