FLASH NEWS

पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


नेपाल आवाज १२ फाल्गुन २०७९, शुक्रबार १२:०८ मा प्रकाशित ११७७ पाठक संख्या

मोरङ, १२ फागुन । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा पिकअप भ्यानको ठक्करबाट मोटरसाइइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक नगरपालिका ४ का ३० वर्षीय बिशाल सिटौला रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा मृत्यु भएको हो । मे १ च ४१७१ नम्बरको पिकअप भ्यानले मे ७ प ७५४३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।  दुर्घटना लगतै चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्योलय पथरीले जानकारी दिएको छ ।