FLASH NEWS

आकस्मिक सार्वजनिक बिदामा पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन


नेपाल आवाज १२ फाल्गुन २०७९, शुक्रबार १८:१४ मा प्रकाशित १३२७ पाठक संख्या

काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारले दिने आकस्मिक बिदामा पनि बैंक तथा वित्तीय संस्थालाई सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।


राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गर्दै सरकारले आकस्मिक रुपमा दिने सार्वजनिक बिदामा पनि बैंक तथा वित्तीय संस्थालाई सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले वार्षिक रुपमा स्वीकृत गरेको बिदाबाहेक सरकारबाट आकस्मिक रुपमा लिने सार्वजनिक बिदाको दिन नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएसलगायतका सेवा प्रवाह गर्न  निर्देशन दिएको हो ।

राष्ट्र बैंकले सार्वजनिक बिदाको दिन बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले आवश्यक विभाग तथा कार्यालय खुला राखेर सेवा दिने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।