FLASH NEWS

आफनै डेरामा बस्ने बालिका ब’लात्कारको आरोपमा पक्राउ


नेपाल आवाज १७ फाल्गुन २०७९, बुधबार ०९:२२ मा प्रकाशित १२६७ पाठक संख्या

भक्तपुर, १७ फागुन  । प्रहरीले आफनै डेराकोठामा वस्ने १७ वर्षीया बालिकामाथि ज’वरजस्ती क’रणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।


भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थलीमा डेराकोठामा वस्ने दोलखा मेलुग गाउँंपालिका वडा नं ५ घर भएका वर्ष २३ का जय भन्ने श्री थापालाई पक्राउ गरेको हो ।

पीडितका आफन्तले दिएको जाहेरी दरखास्तका आधारमा उनलाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । उनले फागुन ७ गते ब’लात्कार गरेको आरोप रहेको परिसरका सूचना अधिकारी कुमारप्रसाद मैनालीले जनाए ।

मध्यपुर थिमि नगरपालिका वडा नं ६ पुरानो थिमिबाट नियन्त्रणमा लिई ज’बरजस्ती क’रणी कसुरमा जिल्ला अदालत भक्तपुरमा पेश गरेको र अदालतले ६ दिन म्यान थप गरी प्रहरी बृत थिमि भक्तपुरमा राखिएको छ  ।