आज: | Tue, 27, Feb, 2024
FLASH NEWS

गायक निमा शेर्पा तेस्रो नाट्यश्वर म्युजिक अवार्डबाट सम्मानित


नेपाल आवाज १९ फाल्गुन २०७९, शुक्रबार १२:४७ मा प्रकाशित १७७१ पाठक संख्या

काठमाडौं । गायक निमा शेर्पाले तेस्रो नाट्यश्वर म्युजिक अवार्ड हात पारेका छन् । काठमाडौँमा सम्पन्न अवार्ड समारोहमा गायक शेर्पाले दोस्रो नाट्यश्वर म्युजिक अवार्ड २०७९ मा सर्वोत्कृष्ट आधुनिक गायक जुरी च्वाईसको अवार्ड जित्न सफल भएका हुन् । विगत लामो समयदेखि गीत संगीतको क्षेत्रमा संघर्षरत दोलखा जिरीका गायक शेर्पाले रेशमैको डोरी बोलको गीतबाट उक्त अवार्ड हात पारेका हुन् । रेशमैको डोरीले राम्रो सफलता पाएसँगै गीत संगीतमा लाग्न हौसिएका गायक शेर्पाको न त आकाशको जुन हुँ बोलको गीत बजारमा आउने क्रममा रहेको छ । गायक शेर्पा पेशाले व्यबसायी हुन् ।