FLASH NEWS

मोबाइल पसलमा आगलागी हुदाँ लाखौंको क्षति


नेपाल आवाज २८ फाल्गुन २०७९, आईतवार १०:२४ मा प्रकाशित १३१५ पाठक संख्या

बर्दिवास, २८ फागुन । महोत्तरीको गौशाला बजारमा एक मोबाइल पसलमा आगलगी हुँदा लाखौंको क्षति भएको छ । शनिवार राति गौशाला बजारमा सञ्चालित आरोही मोबाइल पसलमा आगलगी हुँदा करिब १५ लाख बराबरको सरसमानहरु जलेर नष्ट भएका हुन्। ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवका अनुसार पसलभित्र जडान गरिएको विद्युतको तार सर्ट भएर  आगलागी भएको खबर पाउने बितिक्कै पाएलगतै घटनास्थलमा प्रहरी पुगेर आगोलाई नियन्त्रणमा लिएको थियो । क्षतिको थप विवरण संकलन भईरहेको छ।