FLASH NEWS

‘दुई नजर’मा पुष्प र केबिकाको रोमान्स


नेपाल आवाज २८ फाल्गुन २०७९, आईतवार १२:०६ मा प्रकाशित १८१९ पाठक संख्या

काठमाडौँ, २८ फागुन । गायक सुरेन गौतम र गायिका बिद्या तिवारीको स्वर रहेको दुई नजर बोलको गीतको भिडियो रिलिज गरिएको छ ।


विष्णु हरि तिवारी को शब्द, विक्रम थापाको संगीत तथा दिनेश श्रेष्ठको एरेन्ज रहेको सार्वजनिक गीतमा नायक तथा मोडल पुष्प खड्का, केबिका खत्री र सुन्दर दासको अभिनय देख्न सकिन्छ ।

प्रेम, रोमान्सले भरिएको दुई नजरमा केबीका र पुष्प गज्जब सँग खुल्दै निकै रोमान्टिक बनेका छन् । विष्णु हरि तिमल्सिनाको सम्पादन, उत्सव दाहालको छायांकन तथा मोडल केबिका कै कोरियोग्राफी रहेको भिडियो गायक सुरेन कै अफिसियल च्यानल बाट बजारमा आएको हो । जसको निर्माता सृजना श्रेष्ठ हुन् । भिडियाे लिंक : https://www.youtube.com/watch?v=2Cq_v2TqccE