FLASH NEWS

ब’लात्कार आराेपमा ३ जना पक्राउ


नेपाल आवाज २८ फाल्गुन २०७९, आईतवार १२:३५ मा प्रकाशित १५९१ पाठक संख्या

दाङ । २९ वर्षीया महिलालाई ज’बरजस्ती क’रणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१७ बेलभार बस्ने २९ वर्षीय निर्मल चौधरीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले ती माहिलालाई बेलभार चोकदेखि करिब १ सय मिटर पश्चिममा रहेको  खाली जग्गामा लगी ज’बरजस्ती क’रणी गरेको भन्ने उजुरीको आधारमा अस्यायी प्रहरी पोष्ट चौघेराबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।


लागुऔषधसहित १ जना पक्राउ :  जितपुरसिमरा उपमहानगरपालिका-८ रमौलीबाट अवैध लागूऔषध गाँजा करिब ८ केजीसहित सोही उपमहानगरपालिका-१० बस्ने ५६ वर्षीय दशै मुखियालाई  प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले रमौलीबाट नितनपुरतर्फ पैदल जादै गरेको उनलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।