FLASH NEWS

जान थाले पल शाह सार्वजनिक कार्यक्रममा


नेपाल आवाज १ चैत्र २०७९, बुधबार १५:२७ मा प्रकाशित १५४९ पाठक संख्या

काठमाडौं, १ चैत । अभिनेता पल शाह सार्वजनिक कार्यक्रममा सहभागी हुन थालेका छन् । यौ’न दु’र्व्यवहारको अभियोगमा एक वर्ष कैदी जीवन बिताएपछि गत १५ फागुनमा निर्दाेष सावित हुँदै जुटेका पल रुकुममा हुने सार्वजनिक कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका छन् । मुसिकोटमा जारी रूकुम महोत्सवमा सहभागी हुन बुधबार पल त्यसतर्फ हेलिकप्टरमा गएको तस्बिर उनले सार्वजनिक गरेका छन् । बुधबार साढे १ बजे हेलिकप्टरमा चढेको तस्बिर पोष्ट गर्दै उनले फेसबुकमा ‘हेलो रुकुम’ लेखेका छन् ।