FLASH NEWS

नेपाल–युएई भिडन्तः २ घन्टा अघि नै भरियो खेल मैदान


नेपाल आवाज २ चैत्र २०७९, बिहीबार ०९:३५ मा प्रकाशित १३०३ पाठक संख्या

काठमाडाैं, २ चैत । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएईको खेल हेर्न दुई घण्टा अघि नै  खेल परिसरमा दर्शकको भिड बढेको छ ।  त्रिभुवन विश्वबिद्यालयको खेल मैदानमा बिहान देखी दर्शक पुग्न सुरु गरेका छन । बिहान ७ः ४५ सम्म टियुको दर्शक छिर्ने गेट खुलाईए पछि खेल मैदानमा पुरैमा भिड लागेको छ । क्यानले बुधबार साँझ नै सबै ११ हजार टिकट बिक्री गरेको थियो । जसका कारण  टिकट खेल मैदानमा बेचिएको छैन । खेल बिहान ९ः ३० वाट सुरु हुनेछ।