FLASH NEWS

२०८० सालमा ३५ दिन सार्वजनिक बिदा


नेपाल आवाज ३ चैत्र २०७९, शुक्रबार ०७:२८ मा प्रकाशित १६३३ पाठक संख्या

काठमाडौं, सरकारले २०८० सालमा ३५ दिन देशभर लागू हुने गरी सार्वजनिक बिदा दिएको छ । बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न चाडपर्व, दिवश र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको हो । जसमा सबैभन्दा लामो दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ ।


राष्ट्रपतिको सचिवालयमा पाँचजना नियुक्त: राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयमा पाँच जनालाई नियुक्त गरिएको छ । पौडेलले राष्ट्रपतिको शपथग्रहण गरेकै दिन प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा. सुरेशचन्द्र चालिसेलाई नियुक्त गरेका थिए । त्यस्तै सहयोगी चिरञ्जिवी अधिकारी निजी सचिव नियुक्त गरेका थिए ।

नेपाल प्रेस युनियनका पूर्वसचिव खिला कार्कीलाई मिडिया हेर्नेगरी सचिवालयमा नियुक्त गरिएको छ । नेविसंघका नेता सुशील तिमल्सिनालाई पनि सचिवालयमा नियुक्त गरिएको छ । राष्ट्रपतिको निजी फोटोग्राफरमा फोटो पत्रकार अनिश रेग्मी नियुक्त भएका छन् ।