FLASH NEWS

माेटरसाइकलकाे ठक्करबाट एकजनाकाे मृत्यु


नेपाल आवाज ५ चैत्र २०७९, आईतवार ११:५७ मा प्रकाशित १२१३ पाठक संख्या

ललितपुर ।  ललितपुरको ग्वार्को चोकमा माेटरसाइकलकाे ठक्करबाट एकजनाकाे मृत्यु  भएकाे छ । मोटरसाइकलले ठक्कर दिए पछि मृत्यु साइकल यात्री ललितपुरको बाफल बस्ने काभ्रेपलान्चोकको धुनखर्क गाउँपालिका घर भएका ३४ वर्षीय बुद्ध तिमिल्सिनाकाे मृत्यु भएकाे काठमाडाै‌ं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ । माेटरसाइकलकाे ठक्कर बाट घाइते भएका उनको उपचारको क्रममा ग्वार्को स्थित बी एण्ड बी अस्पतालमा निधन भएकाे हाे ।  घाइते भएका मोटरसाइकलका चालक  धादिङको धुनिबेंसी नगरपालिका ७ घर भएका ३८ वर्षीय तुलसी राम गिरीको महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टर उपचार भइरहेको छ । बागमती प्रदेश ०२-००१ ब २२४७ नम्बरको मोटरसाइकलले साईकल लाई ठक्कर दिएको थियो ।