FLASH NEWS

सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ


नेपाल आवाज ७ चैत्र २०७९, मंगलवार १७:१८ मा प्रकाशित २१६७ पाठक संख्या

प्रहरीले टोखा नगरपालिका-११ गोंगबु मनमैजु पुलबाट एक महिलालाई पक्राउ गरेको छ । अन्दाजी साढे २ केजी तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटासहित रामेछाप घर भएकी ३४ वर्षीया सन्तोषी श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले श्रेष्ठले सञ्चालन गरेको एस एस फेन्सी कलेक्सनबाट उक्त तौलको सालकको खपेटा र २० हजार रूपैयाँ सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बनधमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।