आज: | Thu, 29, Feb, 2024
FLASH NEWS

प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी


नेपाल आवाज ७ चैत्र २०७९, मंगलवार १७:२९ मा प्रकाशित १२३७ पाठक संख्या

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उनी सहभागी कार्यक्रममा नाराबाजी भएको छ । मंगलबार थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा आयोजित सार्वजनिक समारोहमा तीन युवाले प्रधानमन्त्री विरुद्ध नाराबाजी गरेका हुन् । एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरी लाई आग्रह गरेकोमा कुरा राख्न खोज्दा प्रहरीले ती युवालाई पक्रिन खोजेपछि उनी विरोधमा उत्रिएका हुन् । उनले ‘आ’तंककारी प्रचण्ड मुर्दावाद’ भन्दै नारा लगाएका थिए । त्यसबीचमा अर्को एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए । त्यही बीच अर्का युवाले पनि नारा लगाएपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो ।