FLASH NEWS

खोलामा नवजात शिशुको शव फेला


नेपाल आवाज १३ चैत्र २०७९, सोमबार ०७:२८ मा प्रकाशित १७११ पाठक संख्या

काठमाडौं, काठमाडौंको कलंकीस्थित मालपोत कार्यालय अगाडि बल्खु खोलामा आज भर्खरै जन्मिएको शिशुको शव भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका सहायक प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टले बल्खु खोलामा नवजात शिशु (बालिका) को शव फेला परेको र उक्त विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । उनका अनुसार स्थानीय ले खोलामा शव देखे पछि प्रहरी लाई खबर गरेका थिए। शव कसले र किन फालेको भन्ने बारे नखुलेको प्रहरीले जनाएको छ ।