FLASH NEWS

रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन


नेपाल आवाज १९ चैत्र २०७९, आईतवार १९:१० मा प्रकाशित १९०९ पाठक संख्या

काठमाडौं, १९ चैत । युवराज पौडेल सफलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रिट निवेदन सर्वाेच्च अदालतमा दिएका छन् । लामिछानेले राहदानी दुरुपयोग गरेको र यस विरुद्ध मुद्दा चलाउनुनपर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णय विरुद्ध आइतबार रिट निवेदन दिएको पौडेलले जानकारी दिए । उनले राहदानी दुरुपयोगको विषयमा लामिछाने माथि मुद्दा दायर गर्न माग गर्दै रिट निवेदन दिएको बताए । ‘रवि लामिछानेले राहदानी दुरुपयोग गरेको सम्बन्धमा मुद्दा चलाउन र लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने महान्यायाधिवक्ताको निर्णय विरुद्ध आइतबार सर्वाेच्च अदालतमा रिट निवेदन दिएको छु,’ पौडेलले भने, ‘भोलि या पर्सी सम्ममा रिट दर्ता होला ।’