आज: | Tue, 27, Feb, 2024
FLASH NEWS

पोखरा १८ नम्बर वडाको पुनः मतगणना गर्न अदालतको आदेश, पहिलेको निर्वाचन परिणाम बदर


नेपाल आवाज २१ चैत्र २०७९, मंगलवार १८:४२ मा प्रकाशित २३७१ पाठक संख्या

पोखरा – पोखरा गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर १८ को मत गणना बदर गरी पुनः मत गणना गर्न उच्च अदातल पोखराले आदेश दिएको छ । अदातलले वडाध्यक्ष पदको पुन मतगणना आउँदो वैशाख २० गते गर्न अदातलले आदेश दिएको उच्च अदालत पोखराका रजिष्ट्रार श्रीराम पौडेलले जानकारी दिए ।

एमालेबाट उम्मेदवार बनेका पुस्कल थापाले मतगणना कार्य वदर गरि दोर्होराई मतगणना गरि पाउ भन्दै गत जेठ १८ गते उजुरी दिएका थिए । सो वडामा कांग्रेसका शिव प्रसाद तिमल्निाले १६४३ मत पाएर बिजयी घोषित हुँदा एमालेका पुष्कल बहादुर थापाले १६४० मत पाएका थिए । एमालेबाट उम्मेदवार बनेका थापालाई नेपाली कांग्रेसका शिव तिमिल्सिनाले ३ मतले पराजित गरेका थिए थापाले खसेको भन्दा गणनामा ९ मत कम देखिएको र उक्त मत आफ्नै भएको दाबी गरेका थिए ।