FLASH NEWS

सुनको मूल्यमा रेकर्ड ब्रेक ! एकैदिन यति धेरै बढ्याे भाउ,हेर्नुहोस् यस्तो छ तोलामा


नेपाल आवाज २२ चैत्र २०७९, बुधबार ११:२५ मा प्रकाशित ५२७५ पाठक संख्या

काठमाडौँ – सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ । यसअघि चैत ५ गतेको आफ्नै रेकर्ड ब्रेक गर्दै सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको हो । गत चैत ५ गते छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको थियो ।  अघिल्लो दिनको मूल्यमा आज एकै दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो ।


यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ हजार रुपैयाँले नै बढ्दै १ लाख १० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  यता, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । प्रतितोला १ हजार ४ सय रुपैयाँमा बजारमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।