FLASH NEWS

उपनिर्वाचन हुने तीन जिल्लामा शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने


नेपाल आवाज २३ चैत्र २०७९, बिहीबार १७:२७ मा प्रकाशित २०७१ पाठक संख्या

काठमाडौं – उपनिर्वाचन हुने तीन जिल्लामा भोलि शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।


बिहीबार निर्वाचनका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक विज्ञप्तिजारी गर्दै शुक्रबारदेखि आचारसंहिता लागु हुने जानकारी दिएका हुन् । आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्मका लागि लागु हुनेछ ।

वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा प्रतिनिधिसमा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।