FLASH NEWS

१ सय २४ किलो गाँजा बोकेको ट्रकसहित चालक पक्राउ


नेपाल आवाज २४ चैत्र २०७९, शुक्रबार २०:०२ मा प्रकाशित १५८५ पाठक संख्या

जनकपुरधाम- मधेश प्रदेश प्रहरीले १ सय २४ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। मकवानपुर ८ मनहरीका ट्रक चालक शन्तबिर दोङ्गलाई नियन्त्रणमा लिइएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख जनक भट्टराईले जानकारी दिए।


मकवानपुरबाट भारत पठाउनका लागि ना ७ ख ४२५१ नम्बरको ट्रकमा गाँजा ल्याउँदै गर्दा चालक दोङ्गलाई ट्रकसहित पक्राउ गरिएको उनले बताए।

गाँजा पैठारी हुन लागेको गोप्य सूचनाको आधारमा प्रहरीको विशेष टोलीले जनकपुरधाम ढल्केवर सडकखण्ड अन्तर्गत पर्ने लक्ष्मिनिया चोकबाट ट्रकलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार ट्रकको ट्रलीमा बाकस बनाएर लुकाएको अबस्थामा १२ पोका गाँजा बरामद भयो, जसको तौल १ क्वीनटल २४ किलो रहेको छ ।

प्रहरीका अनुसार हेटौडाबाट जनकपुर हुंदै गाँजा भारत तस्करी गर्न लागिएको थियो । गाँजा तस्करीमा संलग्नहरुको विषयमा अहिले केहि खुल्न नसकेको र पक्राउ परेका चालकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।