FLASH NEWS

१८० किलो गाँजासहित एक जना पक्राउ


नेपाल आवाज २५ चैत्र २०७९, शनिबार १४:४१ मा प्रकाशित २९७७ पाठक संख्या

काठमाडौं – चितवनमा १८० किलो गाँजासहित एक जना पक्राउ परेका छन्। राप्‍ती नगरपालिका-१ लोथरस्थित पूर्वपश्चिम लोकमार्ग सडकबाट शुक्रबार एक जनालाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।


बिआर-०६ जी २१२८ भारतीय नम्बर प्लेटको ट्रकमा तलासी लिँदा क्याबिनबाट गाँजा बरामद भएको हो।  क्याबिनमा फल्सबटम बनाएर राखिएको १६ वटा पोकामा १८० किलो गाँजा प्रहरीले बरामद गरेको हो।

भारत पूर्वी चम्पारण विहार रक्सौल बस्ने ३० वर्षीय कुन्दन पटेललाई पक्राउ गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।