FLASH NEWS

सांसद श्रेष्ठ जोडिएको अडिओबारे निर्णय लिन रास्वपाको बैठक बस्दै


नेपाल आवाज २९ चैत्र २०७९, बुधबार ०६:५६ मा प्रकाशित १७०५ पाठक संख्या

काठमाडौं, २९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दै छ । सांसद ढाकाकुमार श्रेष्ठ सँग  जोडिएको अडिओबारे निर्णय लिन बुधबार बिहान ९ बजे केन्द्रीय समितिको बैठक बस्न लागेको हो । केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद ढाकाकुमार श्रेष्ठले घुस डिल गरेको अडियोसम्बन्धी प्रतिवेदन मंगलबार सभापति रवि लामिछानेलाई बुझाएकाले निर्णय लिन केन्द्रीय समितिको बैठक बस्न लागेको हो । समिति सँगको बयानमा सांसद श्रेष्ठले अडिओ आफ्नो नभएको बताएका छन् । उनले दुर्गा प्रसाईलाई नचिनेको र फोन संवादसमेत नगरेकोसमेत दाबी छन् ।