FLASH NEWS

विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढ्याेः राष्ट्र बैंक


नेपाल आवाज ३० चैत्र २०७९, बिहीबार ०७:१३ मा प्रकाशित १९९३ पाठक संख्या

काठमाडौं, नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–८०को फागुन सम्ममा विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको जानाएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.३० प्रतिशतले वृद्धि भ्उर ७९४ अर्ब ३२ करोड पुगेको छ । यसैगरी अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.३० प्रतिशतले घटेको थियो । केन्द्रीय बैंकले देशको वर्तमान अर्थिक तथा वित्तिय स्थिति बारे एक प्रेश विज्ञप्ति जारि गर्दै अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८० प्रतिशतले वृद्धि भई ६ अर्ब ९ करोड पुगेको जनाएको छ । अघिल्लो वर्ष आप्रवाह २.६० प्रतिशतले घटेको थियो ।