FLASH NEWS

प्रादेशिक अस्पताल सिरहामा आगलागी हुँदा एक जनाको मृत्यु


नेपाल आवाज ३० चैत्र २०७९, बिहीबार ०७:२१ मा प्रकाशित २०२९ पाठक संख्या

प्रादेशिक अस्पताल सिरहामा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । सिरहा नगरपालिका–७ स्थित प्रादेशिक अस्पतालको जेनेरेटर राखेको घरमा बुधबार दिउँसो आगलागी भएको हो । दिउँसो २ बजेको समयमा विद्युत सर्ट भएर आगलागी भएको अस्पताल प्रशासनले जनाएको छ । आगलागी हुँदा बिरामीको भागाभाग भएको थियो । यसैबिच, बिरामीहरूको भागाभाग हुँदा अस्पतालमा डायलासिस गर्न पुगेका एक जना बिरामीको मृत्यु भएको छ । सिरहाको बरियारपटी गाउँपालिका–३ खोक्सी बस्ने किड्नीका बिरामी ६० वर्षीय प्रदीप दासको हेमोग्लोबिन कम हुँदा उपचारकै क्रममा मृत्यु भएको हो ।