आज: | Tue, 27, Feb, 2024
FLASH NEWS

नेपालमा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि


नेपाल आवाज ३० चैत्र २०७९, बिहीबार १७:०१ मा प्रकाशित १४५३ पाठक संख्या

काठमाडौं, ३० चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लाे २४ घण्टामा १०६ जनामा काेराेनाभाइरस स‌ंक्रमण पुष्टि भएकाे जनाएकाे छ । बिहीबार अपरान्ह मन्त्रालयले सार्वजनिक गरेकाे विवरणअनुसार पछिल्लाे २४ घण्टामा १ हजार ४८८ नमुना परीक्षण गर्दा १०६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । जसअनुसार ५४१ नमुनाकाे पीसीआर परीक्षण गर्दा ६४ जनामा र ९४७ नमुनाकाे एन्टिजेन परीक्षण गर्दा ४२ जनामा काेराेना संक्रमण देखिएकाे हाे । याेसँगै सक्रिय संक्रमितकाे संख्या ४३५ रहेकाे छ । पछिल्लाे २४ घण्टा ७४ जनामा काेराेना संक्रमणमुक्त भएका छन् ।