FLASH NEWS

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या


नेपाल आवाज ३ बैशाख २०८०, आईतवार २२:३१ मा प्रकाशित १२३१ पाठक संख्या

काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ। उनको सचिवालयका अनुसार स्वास्थ्यमा भाइरल ज्वरोका कारण समस्या देखिएको हो।


ओलीले सामाजिक सञ्जालबाट पनि आफ्नो स्वास्थ्यमा समस्या आएको जनाएका छन्। अध्यक्ष ओलीले फेसबुकमा लेखेका छन्, ‘भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ। अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु।’

उनले उपचुनावको प्रचारमा जाने तयारी गरे पनि स्वास्थ्यको कारण नसकिएको भन्दै तीनै क्षेत्रका उम्मेदवारको पक्षमा मत मागेका छन्।

ओलीले भनेका छन्, ‘तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागि हुने मेरो इच्छा थियो । तर, अहिले म ती कार्यक्रमहरुमा सहभागि हुन सकिरहेको छैन। तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन–२ मा राम न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई हामीले उम्मेदवार बनाएका छौं । तपाईंहरुको प्रतिनिधित्वका लागि उहाँहरु योग्य उम्मेदवार हुनुहुन्छ । उहाँहरुलाई विजय गराउनुहुन तनहुँ–१, चितवन–२ र बारा–२ का आम मतदाताहरु समक्ष म विनम्र आग्रह गर्दछु । स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा म तपाईंहरुलाई भेट्न आउने नै छु । तीनैजना उम्मेदवाारहरुलाई विजयको हार्दिक शुभकामना व्यक्त गर्दछु।’