FLASH NEWS

दलका शीर्ष नेताहरुसँग केबल सत्तामा कसरी पुग्ने भन्ने चिन्ता छ : अध्यक्ष लिङ्‍देन


नेपाल आवाज ३ बैशाख २०८०, आईतवार २२:३६ मा प्रकाशित २३०५ पाठक संख्या

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले दलका शीर्ष नेताहरुसँग केबल सत्तामा कसरी पुग्ने भन्ने चिन्ता मात्र भएको आरोप लगाएका छन्।


आइतबार पाँचथरको फिदिममा बोल्दै लिङ्देनले दलका शीर्ष नेताहरुसँग केबल सत्तामा कसरी पुग्ने भन्ने चिन्ता मात्र भएको आरोप लगाएका हुन्।

उनले भने, ‘दलका शीर्ष नेताहरुसँग देशलाई कसरी व्यवस्थित गर्ने दृष्टिकोण छैन, केबल सत्तामा कसरी पुग्ने भन्ने चिन्ता छ, देश बर्बादीतर्फ जानुको एउटा कारण यो पनि हो, मुलुकलाई निकास दिन समस्त जनताले खबरदारी गर्नुपर्ने बेला भयो।’