FLASH NEWS

गण्डकी र कर्णालीमा क्षणिक वर्षा, तराईमा हावाहुरी


नेपाल आवाज ४ बैशाख २०८०, सोमबार ०७:३७ मा प्रकाशित १५९७ पाठक संख्या

काठमाडौं, ४ वैशाख । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार गण्डकी र कर्णालीमा क्षणिक वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको जनाएको छ ।


सोमबार दिउँसो  देशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने महाशाखााले जनाएको छ ।

महाशाखाका अनुसार देशका गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरु र बाँकी पहाडी भू-भागका एक–दुई स्थानहरु मा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । साथै तराईका थोरै स्थानहरू मा हावाहुरी को सम्भावना रहेको छ ।

सोमबार राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।