FLASH NEWS

भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपालमा, सुर्य भुसालको यस्तो सुझाब


नेपाल आवाज ४ बैशाख २०८०, सोमबार १२:५९ मा प्रकाशित २७२५ पाठक संख्या

काठमाडौं – नेपाल आएका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले आज राजनीतिक भेटवार्ता गर्दैछन् । सुदूरपश्चिम प्रदेशमा शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा भाग लिन सडकमार्ग हुँदै आइतबार धनगढी आएका चौथाइवाले सोमबार काठमाडौं आउने र राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ । काठमाडौं आउनुअघि उनले धनगढीमा मानसखण्ड सम्मेलनलाई सम्बोधन गर्नेछन् । काठमाडौं आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ ,परराष्ट्रमन्त्री एनपी साउद लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।भेटमा प्रधानमन्त्री प्रचण्डको निकट भविष्यमा हुने भारत भ्रमणको तयारीबारे छलफल हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति निश्चित भइसकेको छैन । तर उनी छिट्टै भारत जाने तयारीमा छन् ।नेपाल भारत मानव बिकास एवं मैत्री संघका केन्द्रिय अध्यक्ष सुर्य भुसालका अनुसार नेपाल र भारत बिच बिकासको सवालमा साझा एजेन्डा बनाउन जरुरी छ। साझा एजेन्डाका बिषय पहिल्याउन जरुरी छ। हामी कनेक्टिभिटी,पावर,पर्यटन, कृषि,आइटी, शिक्षा ,स्वास्थ्य,जलवायु परिवर्तन,लगायतका बिषयमा सहकार्य मात्रै होइन साझा एजेन्डा बनाएरै अघि बढन सके नेपालले आर्थिक बिकासमा फड्को मार्नेछ।भारतीय जनता पार्टीका बिदेश सचिव नेपाल भ्रमण सकारात्मक नै मान्नुपर्छ पर्ने भुसालले बताए ।”यो भ्रमणले नेपाल प्रति थप सद्बभाव बढाएको महसुस हुने भुसालको तर्क छ । साथै यसरी नै दुबै राष्ट्रका उच्च तहका हरेक सेक्टरका ब्यक्तित्वहरुको भेटघाट,भलाकुसारीले नै दुबै राष्ट्रको सम्बन्धलाई अझ सुमधुर एवं मजवुत बनाउछ। तर यस्ता भ्रमणहरु नितान्त आ-आफ्ना देश केन्द्रित हुनुपर्छ भन्नेमा भुसालको जोड रहेको छ।”नेपाल भारत एक अलग, स्वतन्त्र,सार्बभौमसत्ता सम्पन्न मुलुक हुन्। आज बिश्व अर्थतन्त्रले फड्को मार्दै गर्दा हामी नेपाली हरुपनी त्यो अपेक्षा सहित लम्कन चाहन्छौ। तर हाम्रो अर्थतन्त्रले हामीलाई सहजै उकालो लाग्नबाट पछाडी धकेलीदिएको छ।” भुसालले भने ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जांदा कुशल कुटनीति अपनाउदै नेपालको दिगो आर्थिक बिकासका लागि साझा अवधारणामा दुई राष्ट्र बीच सम्झौतामा हस्ताक्षर हुनसके नेपाल र नेपालीका लागि यो भ्रमण कोशेढुङा साबित हुने भुसालले बताए ।नेपाल भारत मानव बिकास एवं मैत्री संघका केन्द्रिय अध्यक्ष सुर्य भुसाल आजकल नेपालको आर्थिक बिकासका लागि भारतले निस्वार्थ सहयोग गर्नुपर्ने बिषयमा देशका विभिन्न स्थानहरुमा छलफल,सभा,सेमिनार एवं गोष्ठी गर्दै आएका छन् ।