FLASH NEWS

जवानमा दीपिकाको केमियो


नेपाल आवाज ६ बैशाख २०८०, बुधबार ०७:५१ मा प्रकाशित १६८७ पाठक संख्या

मुम्बई, ५ वैशाख । बलिउडमा एउटा नियम स्थापित छ । त्यो यो हो कि कुनै पनि फिल्ममा अभिनेता शाहरुख खान र अभिनेत्री दीपिका पादुकोणले अभिनय गरे भने त्यो फिल्मले बक्सअफिसमा अवश्य नै धमाल गर्छ ।


‘ओम शान्ति ओम’ होस् या ‘चेन्नई एक्सप्रेस’ अथवा पछिल्लो ‘पठान’ नै किन नहोस् । यी फिल्ममा यो जोडीको केमेष्ट्रीलाई दर्शकले खुबै मनपराए । अब पुनः यो जोडी फिल्म ‘जवान’मा देखिँदैछन् ।

हालैमात्र फिल्मको सुटिङ सेटबाट एक तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । तस्वीरमा दीपिका र शाहरुखलाई नृत्यरत अवस्थामा देख्न सकिन्छ । जुन तस्वीर यतिबेला भाइरल भइरहेको छ ।

फिल्ममा शाहरुखको जोडी नयनतारा हुनेछिन् । फिल्ममा दीपिका भने केमियो भूमिकामा देखिनेछिन् । त्यहीकारण उनीहरुले त्यही केमियो दृश्यका लागि नृत्य गरेका हुन् ।

तस्वीरमा दुवैलाई सेतो सर्ट, कालो पेन्ट र कालो बुटमा देख्न सकिन्छ । दीपिकाले गलामा रातो रंगको स्कार्फ पनि लगाएकी छन् । दुवैले कैयौं स्टेप देखाएका छन् । फिल्म ‘जवान’ जुनमा रिलिज हुँदैछ । फिल्ममा दक्षिण भारतका लोकप्रिय निर्देशक एटलीको निर्देशन छ ।