FLASH NEWS

क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय


नेपाल आवाज २० बैशाख २०८०, बुधबार २०:३१ मा प्रकाशित १६८१ पाठक संख्या

काठमाडौं –  सरकारले राष्ट्रिय क्रिकेट टीमका खेलाडीलाई जनही ६ लाख रूपैयाँ दिने भएको छ ।


बुधबार बसेको मन्त्रिपरिषद्‌को बैठकले एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही ६ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

यस्तै, बैठकले मुख्य प्रशिक्षक मोन्टी देसाइलाई पनि रु. ६ लाख र अफिसियललाई ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ।

यस्तै, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान निमार्णका लागि बजेट विनियोजन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।