FLASH NEWS

नेपाली सेनाको टोली सगरमाथाको चुचुरोमा


नेपाल आवाज १ जेष्ठ २०८०, सोमबार १४:२१ मा प्रकाशित १००९ पाठक संख्या

काठमाडौं – नेपाली सेनाको टोली सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेको छ ।


सफा हिमाल अभियानमा खटिएको सेनाको टोलीले सोमबार सफल रूपमा सगरमाथाको आरोहण गरेको हो ।

सफल रूपमा सगरमाथा आरोहण गर्नेहरूमा कर्णेल किशोर अधिकारी, कप्तानहरु दिपेन्द्रसिं खत्री, विष्णुबल राई र दुई जवानहरु किशोर जवेगु, शंकर कुँवर रहेका छन् ।

उनीहरू बिहान १० बजेर ५ मिनेटमा चुचुरोमा पाइला टेकेका हुन् ।