FLASH NEWS

डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १० रुपैयाँले घट्यो, पेट्रोलको भने यथावत


नेपाल आवाज २ जेष्ठ २०८०, मंगलवार २१:२३ मा प्रकाशित १२९१ पाठक संख्या

काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।


घटेको मूल्य अनुसार डिजेल र मट्टितेलको प्रति लिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ । यसअघि १६५ रूपैयाँ प्रति लिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो ।

निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ ।

मङ्गलबार मात्रै भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको थियो । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ र पेट्रोलको मूल्य ९ रुपैयाँले घटेर आएको थियो ।