FLASH NEWS

प्रतिनिधिसभाको आजको बैठक स्थगित


नेपाल आवाज ४ जेष्ठ २०८१, शुक्रबार १५:२० मा प्रकाशित ३७३ पाठक संख्या

काठमाडौँ । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार अब अर्को बैठक जेठ ६ गते आइतबार बिहान ११ बस्ने भएको छ  ।


यस अघि आज बिहान ११ बजे बस्ने भनिएको बैठक सूचना टाँसेर २ बजेसम्मका लागि सारिएको थियो ।

कांग्रेसले सहकारी ठगि प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरिरहेका छन् ।

अहिलेसम्म सहमतिको प्रयास भएपनि सहमति हुन नसकेपछि आजको संसद बैठक स्थगित गरिएको छ । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै साँझ कांग्रेस नेताहरुसँग छलफल गर्ने बताइएको छ ।