FLASH NEWS

कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली


नेपाल आवाज ४ जेष्ठ २०८१, शुक्रबार १४:५३ मा प्रकाशित ३३७ पाठक संख्या

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली कांग्रेसले असभ्य व्यवहार गरेको बताएका छन् ।


अध्यक्ष ओलीले शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै कांग्रेसले उत्ताउलो पन देखाएर सत्तापक्ष र मन्त्री बसेको रोमा आएको बताएका हुन् ।  उनले कांग्रेस सांसदहरुले अपशब्द प्रयोग गरेको टिप्पणी गरेका छन् ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको व्यवहार असभ्य भएको उनले बताए ।

बिहीवारको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न सभामुख देवराज घिमिरेले समय दिएसँगै कांग्रेसले रोष्टममा जान नदिएपछि अध्यक्ष ओली समेत उठेर कांग्रेस सांसदहरुको विरोध गरेका थिए ।

अध्यक्ष ओली उठेर आफ्ना सांसदहरुलाई प्रोभोक गरेको कांग्रेसको आरोप रहेको छ ।