FLASH NEWS

रेशमको रिहाइको माग गर्दै नागरिक उन्मुक्ति पार्टी आन्दोलनमा, चार दिन नेपाल बन्दको घोषणा


नेपाल आवाज ३ जेष्ठ २०८०, बुधबार १४:२२ मा प्रकाशित १३३९ पाठक संख्या

काठमाडौं –  नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहाईको माग गर्दै नागरिक उन्मुक्ति पार्टीले आन्दोलनको घोषणा गरेको छ ।


सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै जन्मकैदको फैसला गरेपछि पार्टीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

आन्दोलनका कार्यक्रम अन्तर्गत जेठ ३, ४, र ५ गते देशव्यापी राँके जुलुस निकाल्ने र ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरिएको छ ।

नागरिक उन्मुक्ति पार्टीले सबै आन्दोलनहरूलाई राजनीतिक ट्याग दिँदा थरुहट आन्दोलनको घटनालाई आपराधिक ठहर गरिएकोमा आपत्ति जनाएको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले राजनीतिक मुद्दा भएकाले राजनीतिक तवरबाटै टुङ्ग्याउनुपर्ने बताए। पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।

यसका साथै तीन दिनभित्र आफ्नो माग पूरा नगरे सरकार छाड्ने चेतावनी दिएको छ । नेता लक्ष्मण थारुले सरकारले टीकापुर घटनाको मुद्दालाई राजनीतिक रुपमा व्याख्या नगरिएको खण्डमा सरकारको समर्थन फिर्ता लिने बताएका हुन् ।

रेशम २०७४ साल फागुनदेखि काठमाडौंको डिल्लीबजारस्थित सदरखोरमा छन् । सर्वोच्चको आदेश अनुसार उनी अझै १४ वर्ष थुनामा बस्नुपर्नेछ ।

प्रेस विज्ञप्ति:

यो पनि पढनुहोस् :जन्मकैदको फैसला सदर भएका रेशम भन्छन्- न्यायालयप्रति भरोसा मरेको छैन