FLASH NEWS

राष्ट्रपति पौडेलद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न सुरु


नेपाल आवाज ५ जेष्ठ २०८०, शुक्रबार १६:२९ मा प्रकाशित २६१७ पाठक संख्या

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न सुरु गरेका छन्।


उनले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रबार बिहान बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको हो।

उनलाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रमको प्रति बुझाएका छन्।