FLASH NEWS

काठमाडौँ उपत्यकासहितका स्थानका नदी किनारका सरकारी जग्गा खाली गरिने


नेपाल आवाज ५ जेष्ठ २०८०, शुक्रबार १७:५७ मा प्रकाशित ९९१ पाठक संख्या

काठमाडौं – काठमाडौं उपत्यकामा रहेका नदिकिनारमा बसिरहेका सुकुम्बासीहरुलाई स्थानान्तरण गरी नदिकिनार खाली गरिने भएको छ ।


सरकारको तर्फबाट शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८००८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकासहितका स्थानका नदी किनारका सरकारी जग्गा खाली गर्ने जानकारी दिएका हुन् ।

काठमाडौंका करिडोर क्षेत्रमा बसोबास गर्दै आएका भूमिहिनहरुलाई स्थान्तरण गर्दै करिडोर क्षेत्र खाली गरिने छ,’ नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

पछिल्लो समय काठमाडौँ महानगरपालिका मेयर बालेन साहले सुकुम्बासी स्थानतरण गर्ने प्रकृया शुरु गरेसँगै सुकुम्बासी समस्या बढ्दो छ। यस्तो अवस्थामा सरकारले नै सुकुम्बासी स्थान्तरणलाई नीति तथा कार्यक्रममा समेटेको हो।

यस्तै उपत्यकालगायत मुलुकका ठुला शहरको फोहोरमैलाको दिगो व्यवस्थापनको लागि नीतिगत र संस्थागत व्यवस्था गर्ने घोषणा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गरेको छ ।

स्थानीय तहलाई फोहोरमैला व्यवस्थापन र बहुउदेशीय उपयोगलाई आवश्यक प्राविधिक सहयोग गर्ने घोषणा पनि सरकारले गरेको छ ।