FLASH NEWS

‘मैले घुस नखाँदा पापीहरू बौलाउन थाले’ : मन्त्री किराती


नेपाल आवाज १४ जेष्ठ २०८०, आईतवार १०:१९ मा प्रकाशित १०२७ पाठक संख्या

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले घुस खाएको प्रमाणित गर्न चुनौती दिएका छन् । मन्त्री किरातीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रमाणित गरे आफू एक मिनेट नबस्ने बताएका छन् ।


‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले’ किरातीले लेखेका छन् ‘आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला ! प्रमाणित गर म एक मिनेट बस्दिन…।’

‘संगठित भएर अप्रमाणित कुरालाई मिडियाबाजि गर्न लागेछन् । आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला’ उनले लेखेका छन् ‘सत्यतथ्य र चलखेल पर्दाफाश हुँदै जालान् । काम गर्ने मान्छेलाई जनताको साथ भए पुग्छ । लोभिपापीसँग म लडौँला… ।’