FLASH NEWS

रेशम चौधरी रिहा भए


नेपाल आवाज १५ जेष्ठ २०८०, सोमबार ०८:१९ मा प्रकाशित ९७९ पाठक संख्या

काठमाडौं – टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरी रिहा भएका छन्।


राष्ट्रपतिले आममाफी दिएपछि उनी सोमबार बिहान डिल्लीबजार जेलबाट रिहा भएका हुन्। पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको हो ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षणसमेत रहेका चौधरीलाई स्वागत गर्न पार्टीका नेता तथा कार्यकर्ताहरुले सोमबार बिहान डिल्लीबजार कारागार पुगेका थिए।

२०७२ भदौ ७ मा टीकापुरमा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । रेशमलाई जन्मकैदको सजाय हुने गरी कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको फैसलालाई सर्वोच्च अदालतले जेठ २ मा सदर गरेको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा रेशमसहित १९ जनालाई आममाफी र ४८२ को कैद मिनाह गरेका हुन्।