आज: | Tue, 19, Mar, 2024
FLASH NEWS

नेपाली भू–भाग सट्टापट्टा गर्न सकिने प्रचण्डको अभिव्यक्ति आपत्तिजनक : कमल थापा


नेपाल आवाज २० जेष्ठ २०८०, शनिबार २१:४४ मा प्रकाशित १६९३ पाठक संख्या

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मित्रराष्ट्र भारत भ्रमणका क्रममा नेपाली भू–भाग सट्टापट्टा गर्न सकिने भन्दै दिएको अभिव्यक्तिलाई गैरजिम्मेवार र आपत्तिजनक भएको टिप्पणी गरेका छन् ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका थापाले सामाजिक सञ्जाल ट्विटरमा आफ्नो धारणा राख्दै लिम्पियाधुरा, कालापानी र सुस्ता नेपालको अभिभाज्य भू–भाग रहेको समेत बताएका छन् ।

‘लिम्पियाधुरा, कालापानी, सुस्ता नेपालको अविभाज्य भू–भाग हो । भारतले अनधिकृतरुपमा कब्जा गरिरहेको छ । यो विषय कुटनीतिक वार्ताबाट टुंग्याउनुपर्छ । संसद, दलहरुसँग परामर्श नगरी र जनताको सहमतिबिना प्रधानमन्त्रीले नेपालको भू–भाग सट्टापट्टा गर्न सकिने खालको गैरजिम्मेवार अभिव्यक्ति दिनु आपत्तिजनक छ,’ थापाले लेखेका छन् ।