आज: | Tue, 19, Mar, 2024
FLASH NEWS

राज्यले कुनै धर्मलाई नजिक र कुनै धर्मलाई टाढा बनाउनु हुँदैन : प्रधानमन्त्री


नेपाल आवाज २२ जेष्ठ २०८०, सोमबार १६:३४ मा प्रकाशित १३३३ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू धर्म निरपेक्षतावादी भएको बताएका छन् । सोमबार प्रतिनिधि सभामा भारत भ्रमणका क्रममा मन्दिरमा गएर पूजापाठ गरेको सन्दर्भमा उठेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

‘मान्य सदस्यहरूले नास्तिक होस् कि आस्तिक होस् भनेर प्रश्न सोध्नुभएको  छ,’ उनले भने, ‘म सिद्धान्ततः धर्म निरपेक्षतावादी हुँ । सबै धर्मलाई समान मान्यता दिनुपर्छ । राज्यले कुनै धर्मलाई नजिक र कुनै धर्मलाई टाढा बनाउनु हुँदैन भन्ने पक्षको हुँ म । जनताको धार्मिक आस्थालाई सम्मान गर्नुपर्छ ।’

प्रधानमन्त्री प्रचण्डले जनताको धार्मिक आस्थालाई सम्मान गर्नुपर्ने बताउँदै कुनै पनि पार्टी, नेता र राजनीतिज्ञले जनताको धार्मिक आस्थालाई अपमान गर्नु नहुने बताए ।

‘जनताको धार्मिक आस्थालाई सम्मान गर्नुपर्छ । जुनसुकै धर्म सम्प्रदायको जनताामा पनि उनीहरुको आस्थालाई अपमान हुने काम चाहिँ पार्टीहरुले नेताहरुले, राजनीतिज्ञले गर्नु हुँदैन मान्यतामा पनि म दृढ छु’, प्रधानमन्त्री प्रचण्डले भने ।

यस्तै आफ्नो चारदिने भारत भ्रमणका क्रममा राजा र हिन्दु धर्मबारे कसैसँग एकै शब्द पनि नबोलेको बताएका छन्। उनले संसद्‌मा भने- ‘मेरो भारत भ्रमणका क्रममा राजाको बारेमा कसैसँग एकै शब्द पनि कुरा भएको छैन। हिन्दु धर्मबारे पनि कुरा भएको छैन। यो विषयमा प्रवेश नै भएको छैन।’

उनले भारतमा जाँदा त्यहाँको प्रोटोकल, आस्थाअनुसार महाकालेश्वर मन्दिरकाे कार्यक्रममा  सहभागी भएको बताए । आफू अन्य धर्म सम्प्रदायको कार्यक्रममा जाँदा पनि त्यहीअनुसारको भेषभूषा पनि लगाइरहेको उनकाे भनाइ छ ।