FLASH NEWS

सुनकोशीमा बेपत्ता सीटीइभीटीका योजना महाशाखा निर्देशक भुर्तेलकाे शव फेला


नेपाल आवाज २६ जेष्ठ २०८०, शुक्रबार १५:२१ मा प्रकाशित १३८१ पाठक संख्या

काठमाडौं – जिप दुर्घटना हुँदा सुनकोशी नदीमा बेपत्ता भएका सीटीइभीटीका योजना महाशाखाका निर्देशक यमप्रसाद भुर्तेललाई शव फेला परेकाे छ ।


​भुर्तेलको शव आज (शुक्रबार) उदयपुरको ताप्ली गाउँपालिका-५ निबुवाटारस्थित सुनकोशीमा फेला परेको इलाका प्रहरी कार्यालय ताप्लीले जनाएको छ ।

जेठ १९ गते मध्यपहाडी लोकमार्गको खुर्कोट-घुर्मी सडकखण्ड अन्तर्गत गोलन्जर गाउँपालिका-७ लौकुनमा भएको जिप दुर्घटनामा महाशाखा निर्देशक भुर्तेलको हराइरहेका थिए ।

यसअघि सीटीइभीटीको प्रशासन शाखाका निर्देशक एवं सहसचिव तनहुँको भानु नगरपालिका–९ का ५७ वर्षीय कृष्णबहादुर केसी र सीटीइभीटीमै विद्युत् प्रशिक्षकका रूपमा कार्यरत इलामका ३२ वर्षीय भानु पौडेलको शव भेटिएको थियाे ।

सशस्त्र प्रहरीको बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टर सुबाश थापाको कमान्डमा खटिएको गोताखोर टोलीले सुनकोशी नदीबाट गाडी र शव भेटाएका थिए ।

सो दुर्घटनामा गाडीसँगै नदीमा खसेका गाडीका चालक कृष्ण चौधरी घाइते अवस्थामा आफैं पौडिएर निस्किएका थिए।