FLASH NEWS

भैरहवा विमास्थलमा नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान सुरु


नेपाल आवाज ३० जेष्ठ २०८०, मंगलवार ११:२९ मा प्रकाशित १४०५ पाठक संख्या

बुटवल – नेपाल वायु सेवा निगमले मलेसिया-भैरहवा-काठमाडौं व्यवसायिक अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ। भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार मलेसियाबाट आएको जहाज अवतरण गराइएको छ।


मलेसियाको राजधानी क्वालालम्पुरबाट उडेको निगमको १५८ सिट क्षमताको न्यरोबडी विमान मंगलबार बिहान ८: ४५  बजे भैरहवा अवतरण भएको हो। विमानमा ३१  जना यात्रु सवार रहेका थिए।

उक्त विमानको स्वागतका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आफैं भैरहवा पुगेका थिए। भैरहवामा यात्रुलाई छाडेर विमान काठमाडौंमा उड्नेछ। मलेसियाबाट घर फर्केका भैरहवा क्षेत्रका यात्रुहरु त्यहाँ ओर्लिएका हुन् भने बाँकी काठमाडौं आउनेछन्।

निगमले जेठ पहिलो साता मलेसिया-भैरहवा उडानको घोषणा गरेको थियो। सुरुमा प्रवर्द्धनका लागि ११ हजार रुपैयाँ भाडा घोषणा गरिएको थियो, तर अहिले मलेसिया-भैरहवा ३१ हजार र मलेसिया-काठमाडौं ५६ हजार रुपैयाँ दरमा एकतर्फी भाडा तोकिएको छ।