FLASH NEWS

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज


नेपाल आवाज ३१ जेष्ठ २०८०, बुधबार ११:४८ मा प्रकाशित ११६५ पाठक संख्या

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।


शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले विज्ञप्ति निकालेर राष्ट्रपति पौडेले नियमित स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घन्टाको अवलोकन (अब्जर्भेसन)मा रहेर डिस्चार्ज भएको जनाएका छन् ।

मंगलबार बिहान असहज महसुस भएपछि राष्ट्रपति पौडेल बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगेका थिए ।

अस्पताल स्रोतका अनुसार पौडेलको मुटुको दाहिनेतर्फ एउटा नसा ७० प्रतिशत बन्द भएको पाइएको थियो । त्यसपछि एनजिओप्लास्टी गरेर रक्तनली खोलिएको थियो ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. अधिकारीले राष्ट्रपति पौडेलेको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।