FLASH NEWS

‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउनका लागि पहल थाल्न सरकारलाई बालेनकाे पत्राचार


नेपाल आवाज १ असार २०८०, शुक्रबार १७:५३ मा प्रकाशित १५९७ पाठक संख्या

काठमाडौं – काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह ‘बालेन’ले भारतीय चलचित्र ‘आदिपुरुष’मा रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउनका लागि पहल थाल्न सरकारलाई पत्राचार गरेका छन् ।


उनले महानगरको तर्फबाट पत्र लेख्दैं ‘आदिपुरुष’मा रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउनका निम्ति भारतसँग कूटनीतिक पहल गर्न अनुरोध गरेका हुन् ।

‘आदिपुरुष’ यथावत प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने कुरा उनले पत्रमा उल्लेख गरेका छन्।

उनले लेखेका छन, ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनमा निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा शो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकाले नेपाल सरकारले छिमेकी मित्र राष्ट्र भारतसाग कुटनीतिक पहल गरी उक्त चलचित्रको आपत्तिजनक अंश हटाउने व्यवस्था मिलाउन अनुरोध गरिन्छ। ’

साथै उनले चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म नेपालमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न निषेध गर्ने गराउने व्यवस्था गर्न समेत अनुरोध गरेका छन्।